Logo
Logo

प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ : माधव नेपाल


3.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदकाे सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफु वर्तमान सरकारको पक्षमा रहेको भन्दै
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा विश्वासकाे मत लिन आँट गर्नुपर्ने बताएका हुन् ।

सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउन र अहिलेको परिपाटीलाई बचाउन, जोगाउन मिलेर अघि बढ्नुपर्ने भन्दै उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

‘हाम्रो समर्थन अहिलेको यो सरकारलाई कायम छ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्