Logo
Logo

डीआईजीमै पोखरेल अवकास, अब को बन्दैछन् एआईजी ?


2.6k
Shares

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी)मै अवकास भएका छन् ।

पोखरलेलाई असार १० गते बसेको गृहसचिव नेतृत्वको बढुवा समितिले एआईजी पदमा सिफारिस गरेको थियो । तर, नेपाली कांग्रेस र एमालेबीत सत्ता समीरकरण गर्ने सहमति भएपछि बसेको मन्त्रिपरिषमा उक्त विषयमा छलफल नै भएन । छलफल नभएपछि ट्राफिक महाशाखा प्रमुखसमेत रहेका पोखरेल शुक्रबार अनिवार्य अवकास भएका हुन् । उमेर हदका कारण उनी बिहीबार राति १२ बजेपछि अवकासमा गएका हुन् ।

प्रहरी प्रधान कार्यालयले सबै प्रक्रिया पूरा गरेर गृह मन्त्रालयमा पठाएको थियो । तर, गृहमन्त्रालयबाट फायल अगाडी नबढ्दा पोखरेल एआईजीमा सिफारिस भएर पनि फूली लगाउन पाएनन् ।

एआईजी उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकास भएपछि नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको पद रिक्त भएको थियो । पोखरेल डीआईजीबाटै अवकास भएसँग अब प्रहरीमा एक एआईजी र एक डीआईजी रिक्त भएको छ ।

डीआईजीहरू रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञ विनोद पोखरेलमध्येबाट अब एकजना एआईजीमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्