Logo
Logo

आरडिटी पोजेटिभ, पिसीआर रिपोर्ट नेगेटिभ : बाजुरामा आरडीटी परीक्षण स्थगित


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बैशाख १२ बाजुरा । र्यापिड टेष्ट गर्दा बुढीगंगा नगरपालिकामा पोजेटिभ देखिएकी युवतीसहित थप एकजनाको पिसिआर रिपोर्ट नेगेभिट आएको छ । लगातार तीनपटक र्यापीट टेष्ट गर्दा पनि १८ वर्षकी युवतीमा आरडिटी पोजेटिभ देखिएको थियो ।
धनगढी प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा भने युवतीसहित थप एक जनाको पनि रिपोट नेगेटिभ आएको छ । ती युवामा आरडीटी परिक्षणमा पहिलोपटक पोजेटिभ देखिएकोले स्वाब धनगढी पठाइएको थियो ।
पिसिआरमा दुबै जनाको नेगेभिट आएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । युवती भारत वा अन्यकुनै देशबाट नआएपनि आफै परिक्षण स्थलमा आएर जाँचका लागि अनुरोध गरेको बुझिएको छ ।
जिल्ला अस्पतालको आइसोलेशन कक्षमा राखिएकी युवतीको अवस्था सामान्य रहेकोले केही समय होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने अस्पतालले बताएको छ । स्वास्थ्य कार्यालय, नगरपालिका र समरजित गुल्मले आरडीटी पोजेटिभ देखिएको क्षेत्रमा हिजो मात्र किटनासक विषादी छर्केको थियो ।
बाजुरामा हालसम्म १५१ जनाको स्वाब परिक्षण गरिएको छ । १४५ जनाको हेलिकप्टर आएर नै स्वाब संकलन गरेर काठमाडौंमा परिक्षण गरिएको थियो भने ६ जनाको जिल्ला अस्पतालकै स्वास्थ्य कर्मीबाट संकलन गरेर पठाइएको थियो ।
अहिलेसम्म स्वाब परिक्षण गरिएका सबै १५१ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । स्वाब पिसिआर परिक्षण गरिएकामध्ये २ जनाको आरडीटी दुईभन्दा बढी पटक पोजेटिभ देखिएको थियो भने २ जनाको पहिलो पटक पोजेटिभ देखिएकोले स्वाब परिक्षण गरिएको हो ।
२ जनालाई कोरोनासँग सामान्य लक्षण मिलेकोले जिल्ला अस्पतालमै आइसोलेशनमा राखेर उपचारसँगै स्वाब संकलन सहीत पिसीआर परिक्षण गरिएको थियो । १४५ जना भारतबाट आएका र क्वारेन्टाइनको अवधीमा चेकजाँचका लागि गएका स्वास्थ्य कर्मीको संकलन गरेर परिक्षण गरिएको थियो ।
जिल्लामा हालसम्म १ हजार बढीको आडिटी परिक्षण गरिएको छ । जिल्लामा ११ सय किटको आएका थिए । केही संख्यामा आपतकालिन अवस्थाका लागि सम्बन्धी स्थानमा सुरक्षित राखिएपनि किटको मात्रा सकिएको छ । आरडीटी पोजेटिभ देखाउने कुरा लक्षण मिल्ने र शरिरमा प्रवेश गरेर पनि मरिसकेको भन्ने बुझ्नु पर्ने स्वास्थ्य कर्मीको भनाई छ ।
संक्रमण भएर पनि जित्न सक्ने क्षमता व्यक्तिलाई सामान्य लक्षण मात्र देखिने भएकोले पोजेटिभ देखिने कुरा गलत हो, भन्ने बुझाइ नराख्न विश्व स्वास्थ्य संगठनकै सुझाव रहेको छ ।
नेपाल सरकारको निर्णय भएकैकारण यसलाई भरपर्दो नमान्नु पर्ने र परिक्षण नगरेपनि हुन्छ नि भन्ने कुराको बुझाई नराख्न बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तको सुझाव छ ।
यस्तै, जिल्लामा कोरोना संक्रमणको अवस्थाबारे जाँच गर्ने र्यापिड डायनेष्टि टेष्ट किट नभएपछि आरडिटी परिक्षण रोकिएको छ । जिल्लालाई प्राप्त ११ सय किट सकिएपछि थप किटको अभाव हुँदा परिक्षण कार्य रोकिएको हो । हालसम्म जिल्लामा १ हजार बढीलाई आरडीटी परिक्षण गरिएको छ ।
आज मात्र थप १५ जना क्वारेन्टाइनमा बसेको र केही स्थानमा अनिवार्य परिक्षण गर्नु पर्ने देखिए पनि किटको अभावले परिक्षण कार्य रोकिएको स्वास्थ्य कार्यालय प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
सरकारले क्वारेन्टाइनमा बसेका, स्वास्थ्य उपचारमा संलग्न, संभावित क्षेत्र र परिवारका सदस्यहरुलाई अनिवार्य आरडीटी परिक्षण गर्न भनेको छ । किटको अभाव देशमै भएकोले चीनबाट नआएसम्म परिक्षण रोकिने देखिएको छ ।
विमान चार्टरको तयारी सरकारले गरिरहेकोले केही दिन भित्रै किट आईपुग्ने र पुन परिक्षण सुरु हुने कार्यालयले बताएको छ । स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सम्बन्धीत स्थानीय तहको सयुक्त सहकार्यमा आरडीटी परिक्षण गर्ने गरिएको छ ।
जिल्लामा २ हजार बढीको संख्यामा मात्र सर्वसाधारण भारतबाट आएका छन् । थप छिमेकी जिल्लाबाट बाजुरा प्रवेश गरेका, स्वास्थ्य कर्मी र सुरक्षा कर्मीको संख्या पनि परिक्षण गरिएको छैन् ।
र्यापिट टेष्टमा पोजेटिभ देखिएका गाउँमा पुरै परिक्षण गर्नु पर्ने र सम्पर्क गन्तव्यसम्म नै जाँच गर्नु पर्ने हुँदा किट अति जरुरी देखिएको छ । पोजेटिभ देखिने बित्तीकै नाका नै सिल गरेर सिंगो बस्तीलाई नै जाँच गर्नु पर्ने भएकोले त्यस्तो अवस्था आएमा तत्काल उपलब्ध नभए समस्या हुने कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्