काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि आइतबार बिहान १० बजे बैठक बोलाइएको हो ।
संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।
भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।