Logo
Logo

महाधिवेशनपछि नेकपा एसको पहिलो बैठक, यस्तो छ छलफलको विषय


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बसेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ ।

आजको बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समासामियक बिषयमा छलफल हुने नेता जीवनराम श्रेष्ठले बताए । शुक्रबार सकिएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो । बाँकी पदाधिकारीका लागि धेरै जना आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सम्मन्न गराइएको थियो ।

एकीकृत समाजवादीमा २९९ र २१ पदाधिकारीको व्यवस्था गरिएको छ । अन्य सदस्य तथा पदाधिकारी चयनबारे आजको बैठकमा छलफल भइरहेको छ । सकेसम्म आजै पदाधिकारीको टुंगो लगाउने एकीकृत समाजवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्