Logo
Logo

एमालेमै बसेको भए हामी दास भएर बस्नुपर्दथ्यो : माधव नेपाल


8.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताएका छन् । प्रवासी नेपाली एकता मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, “बिद्रोह गर्नु जायज थियो । बिद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्‍यौं ।”

अध्यक्ष नेपालले एमालेसँगको बिद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह भने, “विद्रोहको औचित्य पुष्टि भएन । यो वाइयात कुरा सन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । “

प्रतिक्रिया दिनुहोस्