Logo
Logo

एमालेले भन्यो- प्रधानमन्त्रीले राजीनामा नदिएर अनुचित कार्य गर्दैछन्


693
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर बाटो खोलिदिन पुनः अनुरोध गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपती जनाएको बताए ।

‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौं’ बैठकपछि बर्तौलले भने, ‘अहिले सरकारले विभिन्न निर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन ।’

उनले थपे, ‘हाम्रो पहिलो माग हो प्रधानमन्त्तीको राजीनामा । यदि राजीनामा नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’ उनले विश्वासको मत भन्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहेको भन्दै प्रश्न गरे ।

‘एकदिन, ७ दिन के निर्णय गर्न प्रधानमन्त्रीले देशलाई कुराउँदै हुनुहुन्छ ? के बहानामा के गर्न अल्झाइरहनुभएको छ ?’ उनले भने, ‘यो अनुचित कार्य हो । एक दिनको समय पनि खेर नफाली राजीनामा दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्