Logo
Logo

कसैको दबाबमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न: अर्थमन्त्री


315
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएरमात्र पद छाड्ने बताएका छन् । उनले के कांग्रेस–एमाले भ्रष्टाचारीहरूको पक्ष र सुशासनको विपक्षमा हो भनेर प्रश्नसमेत गरेका छन् ।

आइतवार संसदबाहिर सञ्चारकर्मीमाझ अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने गरी भएको दावी गरे ।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खोजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको दावी गरे।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो भन्ने प्रश्नको जवाफ चाहेको बताए ।

उनले एमाले–कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खोजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए ।

उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खोल्न शुरु गर्दा एमाले(कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्