काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कावासोती हस्पिटलबीच सम्झौंता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।
सम्झौंता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले कावासोती हस्पिटलका सेवाहरूमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।