Logo
Logo

आज दुई संसदीय समितिको बैठक बस्दै


819
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको होे ।

अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्