Logo
Logo

प्रवासी भुजेल समाज युएईको अध्यक्षमा पुनः तुल बहादुर चयन


1.2k
Shares

काठमाडौं । प्रवासी भुजेल समाज सेवा समिती युएईको अध्यक्षमा तुल बहादुर घर्ती चयन भएका छन् । वर दुबई स्थित नेपाली ट्राभल्सको सभा कक्षमा सम्पन्न छैटौ अधिवेशनले घर्तीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिले घर्तिलाई पुनः २ वर्षे कार्यकालको लागी सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा मीन बहादुर भुजेल (स्याङ्जा), उपाध्यक्ष द्वयमा महिला तर्फ सुनिता घर्ती (रुपन्देही) र देव बहादुर घर्ती (लमजुङ), महासचिवमा हरि खवास (झापा), सचिवमा विनोद भुजेल (मोरङ), कोषाध्यक्षमा संजय भुजेल (चितवन), सहकोषाध्यक्षमा वसन्ती जिएम (स्याङ्जा) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः प्रीतम भुजेल (झापा), खडक भुजेल (स्याङ्जा), अरुणा भुजेल (चितवन), गिता भुजेल (सुनसरी), खड्ग बहादुर भुजेल (चितवन), ओम जिसि (चितवन) र अनिल घर्ती (तनहुँ) रहेका छन् ।

अधिवेशनमा संस्थापक अध्यक्ष, संस्थापक उपाध्यक्ष, सल्लाहकारहरु, पुर्व अध्यक्ष लगायत दुवईमा रहने भुजेल बन्धुहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्