Logo
Logo

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट टेकु सर्‍यो


3.5k
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं टेकुबाट भद्रकालीस्थित नयाँ भवनमा सरेपछि नयाँ बानेश्वरमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सरेको हो ।

एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् । भद्रकालीमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।

त्यसपछि सँगै निर्माण थालिए पनि काठमाडौं प्रहरीको भवन बनिसक्दा पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन बनिसक्न लगभग १ वर्ष लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्