काठमाडौं । केहि दिनदेखिको निरन्तर वर्षासँगै आएको बाढीले कैलाली र कञ्चनपुरमा ६ सय परिवार प्रभावित भएका छन् । विभिन्न खोला तथा नदीमा आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका ६ सय बढी परिवार प्रभावित भएका हुन् ।
बाढी तथा डुबानबाट प्रभावित दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले उनीहरुलाई उद्दार गरेर सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको जानकारी दिए ।