काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक यही असार २५ गते दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।