Logo
Logo

एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई


2.8k
Shares

काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरु चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने भएको छ ।

कांग्रेस–एमालेको समीकरण अन्तर्गत एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ ।

त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिए ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने भएकाले सो दिन उनको पक्षमा बहुमत सांसदको समर्थन नहुने संसद्को अङ्कगणित देखिएपछि एमालेले पार्टी कामको व्यवस्थापनसहित मन्त्री छान्ने गृहकार्य अघि बढाउने भएको हो ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा जानेबेला एमालेले १० बराबर एक जनाको अनुपातमा मन्त्री पठाएको थियो । तर यसपटक त्यो मोडल कार्यान्वयन हुने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्