Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


1.3k
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्