Logo
Logo

सीमानाकामा एसपी डाँगीको ढाँट


3k
Shares

काठमाडौं । बाँकेको सीमा क्षेत्रमा सशस्त्रका प्रहरी आफै ढाट राखेर चोरीपैठारीलाई प्रश्रय दिएको पाइएको छ । तस्करी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार ठाउँमा चेकिङ हुनुपर्नेमा ती सबै स्थानमा ढाट राखेर चोरीपैठारीका सामानलाई नेपाल ल्याउन सहयोग गरेको पाइएको छ ।

मुख्य नाकाबाट अवैध सामान भित्रिन छाडेको छैन । मुख्य नाका होइन अन्य नाकाबाट प्रशस्तै सामान भित्रिने गरेको छ । त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा ‘स्टक’ गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ ।

चोरीपैठारी नियन्त्रणको अख्तियारी पाएका सरकारी निकायको लापरबाही र तस्करलाई प्रोत्साहन गर्ने कार्यमा संलग्न व्यवसायी यसमा मुख्य दोषी रहेको स्रोतको दाबी छ ।

व्यापारीहरूले चोरीपैठारी र नेपालगन्जको व्यवसाय नचल्नुमा किनमेलका लागि रुपैडिया जाने सेवाग्राहीलाई मात्रै दोष देखाउँछन् तर चोरीतस्करी गरेर भित्रिएको सामान स्वयं व्यवसायीकै पसल र गोदाममा भेटिने र त्यसमा सीमा नाकाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी र त्यसको नेतत्व गरेका एसपी विमल डाँगी आफैँ ढाट राखेर असुल्न थालेकाले यस्तो अवस्था आएको जानकारहरू दावी छ ।

सर्वसाधारणले किमेल गरेको बाहेक क्यारिङमार्फत विभिन्न नाकाबाट भित्रिने करोडौँको सामानलाई सशस्त्र प्रहरीले नै पहरा दिने गरेको स्रोतको दाबी छ ।

अवैध सामान भन्सार नाकाको कमजोर सुरक्षा व्यवस्था छलेर बजारमा भित्रिएका हुन् । अवैध सामान भित्रिने मूल स्रोत भन्सार नाका फितलो तर बजार अनुगमन कडाइ भइरहेको छ । नेपालगन्जको चौलिका चोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन् तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ ।

नाकाको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै भित्रिएको सामान बजार पुगिसकेपछि मात्रै प्रशासनले पनि बजार अनुगमनको नाटक गर्ने गरेको ती व्यापारीले बताए । पछिल्लो आर्थिक संकट र तस्करी मौलाएपछि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन ।

गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भएको थियो । यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ ।यसरी दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ ।

बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै सशस्त्र प्रहरीबाट आएका एसपी नाकामा कडाइ नगर्नु र भन्सारका कर्मचारीले सशस्त्रलाई साथ दिनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्