Logo
Logo

मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस


3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

अनुशासन आयोगले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको केन्द्रीय सदस्य शिशिर खनाललले बताए ।

समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै गत बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्