काठमाडौं । पूर्व नवलपरासीस्थित नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । गैंडाकोट नगरपालिका– १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्व–नवलपरासीका डिएसपी वेद पौडेलले आज बिहान साढे १० बजे नदी किनारमा तीन जनाको शव सडिसकेको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०÷४५ वर्षीय पुरूष र अन्दाजी ४०÷४५ वर्षीया महिला छन् ।
माछा मार्न गएका माझीले देखेर प्रहरीलाई बोलाएका थिए । शव बगाएर ल्याएको आशंका गरिएको डिएसपी पौडेलले बताए ।घटनास्थलमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा ८ जनाको टोली खटिएको छ । मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।