Logo
Logo

वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियान: प्रदीप जैसवाल बने सबैभन्दा तीव्र गतिका बलर


315
Shares

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान)को सहकार्यमा ‘बिट द स्पीड’ नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।

दुई महिना लामो यो अभियान यसै वर्षको वैशाख २१ गतेदेखि सुरु भएको थियो । अभियानले नेपालका १८ सहरहमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो । नेपालका १८ सहरबाट उत्कृष्ट सात खेलाडीलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो ।

उनीहरूले नेपाल ‘ए’ टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए । अन्तिम चरणको प्रतिस्पर्धामा सात प्रतियोगीले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए ।

निर्णायकहरूले खेलाडीको दौडने शैली, बल फ्याक्ने शैली र गति जस्ता पक्षहरूको मूल्यांकनबाट विजेता छानेका हुन् । यस प्रतिस्पर्धामा १२५ किमी प्रतिघण्टाको नयाँ कीर्तिमान बनाउँदै प्रदीप जैसवाल प्रतियोगिताको विजेता बने ।

सन्देश थापा र राहुलकुमार यादवले क्रमशः १२२ किमी प्रतिघण्टा र १२१ किमी प्रतिघण्टाको गतिसहित दोस्रो र तेस्रो भए । भावी सम्भावनाको पहिचान उदेश्यसहितको उदीयमान प्रतिभाको रूपमा रवि दमाई नगद पुरस्कारसहित सम्मानित भए ।

अभियानका विजेता प्रदीपले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारतस्थित चेन्नाईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् । समापन समारोहमा वर्ल्डलिंकका मार्केटिङ प्रमुख नेन्जिन छोगेलले अभियानले पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्