Logo
Logo

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा


2.2k
Shares

काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई फाइनल पु¥याउन लामिन यमल र डानी ओल्मोले गोल गरे । फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि पर्याप्त हुन सकेन ।

खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता धेरै बेर टिकेन । २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।

त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्