Logo
Logo

कोपा अमेरिका : मेसीको गोलले अर्जेन्टिना फाइनलमा


567
Shares

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकामा क्यानडालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा लियोनल मेसीको गोलले अर्जेटिना फाइनलमा पुगेको हो ।

अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर हुनेछ । फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ । विश्व च्याम्पियन अर्जेन्टिनाले पहिलो हाफको २३औं मिनेट जुलियन अल्भारेजले गोलको खाता खोले । त्यसपछि कप्तान मेसीले ५१ औं मिनेटमा दोस्रो गोल थपे । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९औं गोल हो । उनले इरानको अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्