Logo
Logo

राप्रपा महिला संगठनका अध्यक्ष अन्जनाको राजीनामा फिर्ता


1.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएका छन् ।उनले संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै असार ५ गते दिएको राजीनामा समाजिक सञ्जाल फेसबुममार्फत फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले महामन्त्री राजेन्द्र गुरुङलाई आफ्नो राजीनामा फिर्ता गरिदिन पत्र समेत पठाएका छन् । अन्जनाले महिला संगठनको अध्यक्षसहित आफू र आफ्नो परिवार राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका थिए ।

उनले पार्टीको शीर्ष नेताहरुको आग्रहका कारण राजीनामा फिर्ता लिएको बताएका छन् । आफूले दिएको राजीनामा विधान अनुसार नभएको र फेसबुकबाट दिएको राजीनामा फेसबुकबाटै नै फिर्ता लिनुपर्ने भएकाले फेसबुकमार्फत फिर्ता लिएको प्रष्ट पारेका हुन् । रावलले आफ्नो राजीनापत्रले पार्टीलाई पुग्न गएको क्षति प्रति पनि माफी मागेकाछन् ।

प्रतिक्रिया दिनुहोस्