Logo
Logo

मेरुदण्ड भाँच्चिएकी महिलाको हेलिकप्टरबाट उद्वार


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बैशाख १३ बाजुरा । घाँस काट्नेक्रममा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी एक महिलाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । बडिमालिका नगरपालिका–८ की ३५ बर्षीया धनमति रावलको बिहीबार घासँ काटनेक्रममा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।


उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी रावललाई काठमाडौं रिफर गरेपछि गृहमन्त्रालको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं पठाइएको वडा नम्बर–८ का अध्यक्षप्रकाश रावलले बताए । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार ति महिलाको मेरुदण्ड भाँच्चिएकोले अस्पतालमा उपचार हुन नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यलय बाजुरामार्फत गृहमन्त्रालयको पहलमा उद्धार गरिएको हो ।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पु¥याएको छ भने त्यहाँबाट सेनाको जहाजमा काठमाडौं लगिएको नेपालीसेनाका मेजर रबिन श्रेष्ठले बताएका छन् ।
उनको उपचारमा नेपाल हेल्थकेयर एक्युमेन्ट डेप्लवमेन्ट फाउण्डेशनले सहयोग गर्ने भएको छ । उनको आर्थिक अबस्था कमजोर भएपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा सहयोग गर्ने संस्थाका अध्यक्ष सम्राटसिंह बस्नेतले बताएका छन् । उनको उपचारमा लाग्ने सबै खर्च ब्यबस्थापन संस्थाले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्