भक्तपुर । लगातार वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा बाढी तथा पहिरोले क्षति पु¥याएको छ । उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौजले उद्धार कार्य गरिरहेको छ ।
बुधबार (आज बिहान) चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढेर खोलानजिकै रहेका घरहरुमा क्षति पु¥याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरिएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढि नजिकै रहेका बस्तीमा क्षति पुग्न लागेपछि सो क्षेत्र सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दाले तटबन्धन निर्माण गरेका छन् ।
यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते सोमबार पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो । नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको थियो ।