Logo
Logo

लगातार दोस्रोपटक युरोकपको फाइनलमा इंग्ल्याण्ड


567
Shares

काठमाडौं । इंग्ल्याण्ड युरोकप–२०२४ को फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो ।

यससँगै इङ्गल्यान्ड लगातार दोस्रोपटक युरोकपको फाइनलमा पुगेको छ । नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो । जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए । जितसँगै इङ्गल्यान्ड अब आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्