Logo
Logo

उरुग्वेलाई हराउँदै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा


441
Shares

काठमाडौं । उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

पहिलो हाफको ३९ मिनेटमा जेफरसन लेर्माले गरेको गोल नै कोलोम्बियालाई फाइनल पुग्न पर्याप्त बन्यो । कोलोम्बिया पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा डानियल मुनोजले कार्ड खाँदै मैदान छाडेपछि कोलोम्यिबा १० खेलाडीमा सिमित भएको थियो। योसँगै अब उनले फाइनल खेल गुमाउनेछन्।

कोलोम्बियाले दोस्रो हाफ पुरै १० खेलाडीमा बिताएपनि उरुग्वेले गोल फर्काउन सकेन । कोलोम्बियाले अब उपाधिका लागि साविक विजेता अर्जेन्टिनासँग सोमबार बिहान खेल्नेछ । सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले भने तेस्रो स्थानका लागि आइतबार बिहान खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्