Logo
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्दै राप्रपा


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ । बैठकले उनलाई मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

साथै, संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने तयारी रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्