Logo
Logo
३२ क्विन्टल सुन तस्करी प्रकरण :

धरौटी बुझाउन नसकेपछि ३ जना कारागार चलान


567
Shares

काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा तोकेको धरौटी बुझाउन नसकेपछि ३ जना कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ सेढाईले ५७ लाख, कान्छा लामा र रुपक भण्डारीले जनही ९७ लाख रुपैयाँ बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

३२ क्विन्टल सुन तस्करी प्रकरणमा अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्