Logo
Logo

पहिरोले पुरिएर एकै परिवारका सातजनाको मृत्यु


630
Shares

कास्की । कास्कीमा पहिरोले पु्रिएर सात जनाको मृत्यु भएको छ । गएराति सवा १० बजेतिर पोखरा महानगरपालिका–१९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

डिएसपी शर्माका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो । मृतक एकै परिवारका हुन् । डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो । उनीहरूको शव निकालिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्