Logo
Logo

रोटरीको राहत


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ बैशाख । रोटरी क्लव अफ काठमाडौं वेस्टले आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १३ लाई एक हजार थान मास्क वितरण गरेको छ । रोटरी क्लवका सदस्य देशकुमार श्रेष्ठले उक्त माक्स वडा सदस्य रामबाबु कोइरालालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा रोटरियन दशरथ रिसाल, रमेशमिलन श्रेष्ठ र किरण जोशीको उपस्थिति थियो । रोटरी क्लव अफ काठमाडौं वेस्टले गत साता जनकबाबा आश्रम, बालसंरक्षण अभियान र जनउद्वार सेवा समिति तथा कालमोचन घाटमा बसिरहेका सन्यासीहरुलाई खाद्य सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्