Logo
Logo

सिमलताल बस दुर्घटना : एक पुरुषको शव भेटियो


1.8k
Shares

चितवन । त्रिशूली नदीमा बेपत्ता भएको बस खोज्नेक्रममा एक पुरुषको शव भेटिएको छ । पश्चिम चितवनको गोलाघाटको नदीबीचमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जहाँ ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको उनले बताए । तर, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो वा होइन यकिन भइसकेको छैन ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले प्रहरीको अनुसन्धान टोली र शव बाहन घटनास्थल गोलाघाट पठाइएको जानकारी दिए । दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु प्रहरीको सम्पर्कमा छन् । उनीहरुसँग समन्वय गरेर दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचानको प्रकृया अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ ।

fचितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोले दुईवटा गुडिरहेको बसलाई बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली र नारायणी नदी क्षेत्रमा खटिएका छन् । बेपत्ता बस र यात्रुको खोजी गर्न प्रहरीले चुम्बक र वाटर ड्रोन क्यामेरा समेत प्रयोगमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्