Logo
Logo

युरो कपको उपाधिका लागि आज स्पेन र इङ्ल्याण्ड भिड्दै


2.6k
Shares

काठमाडौं । युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) २०२४ को फाइनल खेल आज हुँदैछ । १७औं संस्करणको उपाधिका लागि आज राति पौने १ बजे बर्लिनमा स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको हो ।

बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो ।

उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इङ्ल्याण्डबीच खेल हुनेछ । दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै समान २–१ गोलले खेल जितेर फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्