काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रालय माग गरेको छ । आइतबार कोइरालाको सचिवालयमा बसेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने निर्णय अर्जुननरसिंह केसीले बताए ।
बैठकले आफ्नो समूहले पाउने मन्त्री चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको छ । यद्यपी कुनकुन मन्त्रालय लिने भन्ने निर्णय भइसकेको छैन ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।