Logo
Logo

चौथोपटक स्पेनले जित्यो युरोकपको उपाधि


504
Shares

काठमाडौं । स्पेनले चौथोपटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथोपटक युरोकपमा कीर्तिमान बनाएको हो ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथोपटक युरो च्याम्पियन बन्यो ।

यसअघि स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलोपटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो ।

यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्