Logo
Logo

भारतमा कोेरोना : संक्रमितको संख्या २६ हजार ९०० नाघ्यो, ८८४ जनाको मृत्यु


(एएनआई)

0
Shares

नयाँदिल्ली, १५ वैशाख (एएनआई) । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तिव्ररुपमा फैलिँदोक्रममा छ । गएको २४ घण्टायता मात्र एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । त्यस्तै ८८४ जनाले ज्यान गुमाएका छन् ।
सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’का संक्रमितको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार १७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा रेका छन् ।

प्रतिक्रिया दिनुहोस्