काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल मन्त्री बन्ने भएका छन् । नेकपा एमालेले उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको हो ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर सरकारमा जाने नाम टुंगो लगाएका हुन् । राष्ट्रियसभा सदस्य दाहालले आफु मन्त्री बन्न लागेको पुष्टि गरे । कांग्रेससँगको सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ ।