Logo
Logo

एमालेमा मन्त्रीको नाम हेरफेर, योगेशलाई हटाइयो


6.1k
Shares

काठमाडौं । नेकपा एमालेले अन्तिम समयमा मन्त्रीहरूको नाम हेरफेर गरेको छ । आइतबार राति टुंगिएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो ।

एमालेका एक नेताका अनसार उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ ।

त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।
त्यस्तै, बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् भने राजकुमार गुप्ता पनि एमालेबाट मन्त्री बन्दैछन् ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्