काठमाडौं । प्रहरीले लामो समयदेखि चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा डकैती गर्दै आएका सर्लाहीको लालबन्दी नगरपालिका– का ४० वर्षीय विजेन्द्र पासवनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले गोली हानेर पक्राउ गरेको हो ।
आइतबार राति सोनमा गाउँपालिका–५ खैरवनीस्थित सर्लाही र मोहत्तरीको सिमाना शीतलपुरबाट उनलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए ।
पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको डीएसपी जयसवारको भनाइ छ । आरोपी पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।