काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री बनेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
निवर्तनमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिको आह्वानमा ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै २२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।