काठमाडौं । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बैठक बोलाएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मंगलबार बैठक बोलाएका हुन् ।
विप्लवका स्वकीय सचिव असल क्षेत्रीले मंगलबार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्नेगरी मोर्चाको बैठक बोलाइएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो । मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेका छन् ।