काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै अर्थमन्त्री पौडेलले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् । यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ ।
मन्त्री पौडेलले विकास वित्तको विकल्पका रुपमा यो आएको बताए । अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।