काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै गृहमन्त्री लेखकले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । उनले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।