काठमाडौं । कैलालीको खुटिया नदीमा हाम फालेका एक पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया नदीको पुलबाट हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरूङको मृत्यु भएको हो ।
गुरूङले सोमबार राति ११ः ३० बजे नदीबाट हाम फालेका थिए । पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरूङको सेती प्रादेशिक अस्पताल धनगढीमा राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।