काठमाडौं । परराष्ट्रमन्त्री आरजु आरजु राणा देउवालाई भारत तथा पाकिस्तानका समकक्षीले बधानई तथा शुभकामना दिएका छन् ।
सत्ता समीकरण परिवर्तनसँगै परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आरजुलाई भारतीय समकक्षी डा एस जयशङ्कर र पाकिस्तानका विदेशमन्त्री इशाक दारलले बधाई तथा शुभकामना दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री जउशंकरले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।