Logo
Logo

कोरोना भाइरसबारे चीनमाथि छानविन सुरु : अमेरिका


न्युर्योक/एजेन्सी

0
Shares

न्युर्योक, १६ बैशाख (एजेन्सी) । अमेरिकाले सुरुदेखि नै कोरोना भाइरसको संक्रमण चीनले फैलिएको आरोप लगाउँदै आएको छन् । उनले त्यसको अनुसन्धान हुनुपर्ने समेत भन्दै आएको थियो । यसैक्रममा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा चीनमाथि अनुसन्धान सुरु गरेको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले यसबारे बताएका हुन् ।
ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी प्रशासनले कोरोना भाइरसमाथि चीनको प्रतिक्रियालाई लिएर गम्भीर अनुसन्धान सुरु गरेको जनाएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भनेका छन्, ‘हामी चीनसँग खुसी छैनौँ । हामी सबै परिस्थितीसँग खुसी छैनौँ किनकी हामीलई यो विश्वास छ कि त्यस (कोरोना)लाई यहीँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भएको थियो ।’
कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसपछि यो विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ । कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिकामा पारेको छ । अमेरिकामा १० लाख १० हजार ५ सय ७ जनामा संक्रमण भइसकेको छ भने यो भाइरसकाकारण अमेरिकामा हालसम्म ५६ हजार ८ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चीनले रोक्न नसक्दा विश्वभर फैलिएको समेत ओराप लगाएका छन् । कोरोना भाइरसलाई लिएरु अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगातार आरोपहरु लगाउँदै आएका छन् । तर, चीनले अमेरिकी आरोपलाई खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्