Logo
Logo

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ‘ईभी अटो लोन’ दिने​​​


252
Shares

काठमाडौं । एनएमबि बैंकले ८.९९ प्रतिशतमा ईभी अटो लोन दिने भएको छ । विद्युतीय सवारीसाधन ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्प र द्रुत स्वीकृति प्रक्रियासहित ग्राहकले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।​​

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्