Logo
Logo

अपराधी जोगाउन मात्रै नयाँ गठबन्धन


21k
Shares

पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढल्नु र कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुमा कुनै राजनीतिक उद्देश्य छैन, न त स्पष्ट गन्तव्य नै । एकै रातमा बनेको ओली सरकार कति टिक्छ भन्ने कुराको ग्यारेन्टी पनि छैन ।

कांग्रेस-एमालेले आगामी निर्वाचनसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि नेपाली राजनीतिमा ‘रात रहे अग्राख पलाए’ भनेजस्तो घटना धेरैपटक दोहोरिएको छ । कांग्रेस–एमाले सत्ता समीकरण पछाडिको स्पष्ट राजनीतिक उद्देश्य र एजेण्डा भएको भए सहमति अनुसार सरकार चल्ने कुरामा विश्वास गर्न सकिन्थ्यो । तर अहिले रातारात सरकार परिवर्तन हुनुको एउटै उद्देश्य नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणालाई जोगाउनु हो भन्ने अनुमान छ ।

असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त बेचन झा पक्राउ परेपछि आरजु राणाको बेचैनी सुरु भयो । भोलिपल्टै असार १५ गते आरजु राणाले शेरबहादुर देउवालाई लिएर बालकोट पुगिन् । सरकार ढाल्न देउवाले ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरे । ओली मुसुक्क हाँसे । प्रचण्डले आफूलाई धोका दिएको गुनासो देउवाले पोख्दै संविधान संशोधनलगायतको विषय उठाए ।

त्यसो त प्रचण्डबाट ओली पनि पीडित नै हुन् । यी दुई पीडित एक दिन मिले भने प्रचण्डको हालत के हुन्छ भन्नेतिर प्रचण्डले विचार पु¥याउन सकेनन् । बेचन झा पक्राउ गरेर ठूलै उपलब्धि हासिल गरेँ भन्ठानेका प्रचण्ड त्यही कारण सत्ताच्युत हुनुप¥यो ।

बेचन झा बिचौलिया पृष्ठभूमिका विवादास्पद भारतीय व्यापारी हुन् । उनको राजनीतिक ‘कनेक्सन’ सबैसँग राम्रै छ । सबैमध्ये आरजु राणासँग विशेष सम्बन्ध छ । रामकुमार केसीले हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको कुरा प्रहरीको बयानमा उल्लेख छ ।

त्यही दुई करोड झाले राणालाई बुझाएको अनुमान छ । नभए झा पक्राउ पर्नासाथ आरजु सत्ता ढाल्न बालकोट पुग्नुपर्ने कुनै राजनीतिक कारण थिएन । ‘झाले भनेको काम गरिदिन’ देउवाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेका थिए । लगत्तै, आरजुले पठाएको भन्दै झा, खाँणलाई भेट्न सिंहदरबार पुगे । खाँणले झालाई गृहसचिव टेकनारायण पाण्डेको जिम्मा लगाए । तत्कालको लागि झाले भनेको काम भयो । अर्थात् झाले भनेका मानिसको नाम नक्कली भुटानी शरणार्थीको ‘लिष्ट’मा चढ्यो ।

जब नक्कली भुटानी शरणार्थीको फाइल खोल्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहालवाला गृहमन्त्री खाँण, गृहसचिव पाण्डे, सांसद टोपबहादुर रायमाझीलगायतका ‘हाइप्रोफाइल’लाई पक्राउ गरेर जेल पठाए, तब आरजुको निन्द्राहराम भयो । कांग्रेस गठबन्धनको प्रधानमन्त्री प्रचण्डलाई यस घटनाले समस्या पा¥यो । वास्तवमा त्यही दिनदेखि यो सरकार ढाल्ने खेल सुरु भएको थियो ।

आधा आधा कार्यकाल सकिनै लाग्दा देउवाले निहुँ खोजे भने आरजु जेल पनि जान सक्छिन् । राजनीति भन्ने कुरा बडो बिचित्रको हुन्छ । राजनीतिमा कसैको विश्वास हुँदैन भन्ने कुरा त विगतमा प्रचण्ड, देउवा र प्रचण्ड, ओलीको गठबन्धनले देखाइसकेको छ ।

गृहमन्त्री खाँण पक्राउ परेपछि आफू पनि पक्राउ पर्ने डरले त्यतिबेला देउवालाई लिएर आरजु प्रधानमन्त्री भेट्न बालुवाटार पुगे । प्रचण्डसँग गृहमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न आग्रह गरे । गहृमन्त्री श्रेष्ठले राजीनामा नदिने बरु थप आरोपीहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिए ।

त्यसपछि श्रेष्ठ गोर्खा गएको मौका छोपेर नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरिरहेका उपत्यका प्रहरी प्रमुख श्याम ज्ञवाली र काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई सरुवा गरियो । प्रहरी प्रमुखहरूको सरुवासँगै नक्कली भुटानी शरणार्थीका आरोपीहरूले उन्मुक्ति त पाए, तर ‘पाप धुरीबाट कराउँछ भनेझैँ उनीहरूको मनमा शान्ति भएन । कुनै पनि बेला पक्राउ पर्नसक्ने डरले अहिले आएर संविधान संशोधन गर्ने नाममा आफ्नो अपराध छोप्न ओलीलाई प्रधानमन्त्रीको जिम्मा लगाए ।

संसद्मा सबैभन्दा ठूलो दलको नाताले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्दा त्यो स्वाभाविक हुन्थ्यो, त्यसो गर्दा ओली मान्दैनन् भनेरै आरजुको अपराध छोप्न सिंगो नेपाली कांग्रेसलाई बालकोटमा बलि चढाए ।

कांग्रेस–एमाले मिल्ने कुरा त गाइँगुइ हल्ला चलेकै थियो । तर, निर्णय न एमालेले गरेको थियो, न त कांग्रेसले नै । अचानक असार १७ गते मध्यरात एमाले कांग्रेसबीच आलोपालो सरकार चलाउने लिखित सहमति भयो । दिउँसोसम्म ओलीसँगै स्वर्ग जाने सपना देखेका प्रचण्ड ‘नर्क’ पुगे ।

ओली अरुको कमजोरीमा खेल्ने नेता हुन् । यसमा उनी सफल पनि भएका छन् । आरजुको कमजोरीलाई देखाएर ओलीले पूरै अवधि सरकार चलाउन पनि सक्छन् । किनभने, ओली सहमति पालना नगर्ने नेता पनि हुन् । उनको विगतको चरित्र पनि यस्तै छ ।

आधा आधा कार्यकाल सकिनै लाग्दा देउवाले निहुँ खोजे भने आरजु जेल पनि जान सक्छिन् । राजनीति भन्ने कुरा बडो बिचित्रको हुन्छ । राजनीतिमा कसैको विश्वास हुँदैन भन्ने कुरा त विगतमा प्रचण्ड, देउवा र प्रचण्ड, ओलीको गठबन्धनले देखाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्