काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत हुने बताएका छन् । उनले भेटमा खादामाला प्रयोग नगर्न समेत अनुरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु ।’