Logo
Logo

अदालतको आदेशसँगै महानगरले भत्काउन थाल्यो न्युरोडको सडक


819
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पुनः फुटपाथ (पैदल मार्ग)भत्काउन सुरु गरेको छ ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै महानगरपालिकाले पुनः न्यूरोड क्षेत्रका फुटपाथ भत्काउन थालेको हो ।

यसअघि महानगरपालिकाले फुटपाथ सुधारका लागि भन्दै सडक भत्काउन थालेको थियो । तर, डिभिजन सडक कार्यालयले हस्तक्षेप गर्दै महानगरले भत्काएको सडक पुरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिएसँगै महानगरले आज सोमबार बिहानैदेखि फेरि सडक भत्काउन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्